नियम ३२
बिरामी बिदा
: (१) चियाबगानमा एक वर्ष अविच्छिन्न सेवा पूरा गरेका कामदार वा कर्मचारीले एक वर्षमा १५ दिन सम्म आधा तलब पाउने गरी बिरामी बिदा पाउनेछ ।
(२) कुनै कामदार वा कर्मचारीको तीन दिन भन्दा बढी बिरामी बिदा स्वीकृत गर्नु पर्दा व्यवस्थापकले नेपाल सरकारद्धारा मान्यता प्राप्त चिकित्सकको प्रमाणपत्र पेश गर्न लगाउन सक्नेछ ।
(३) कुनै कामदार वा कर्मचारी अचानक बिरामी परी बिदा बस्नु परेमा निजले सो को जानकारी उपलब्ध छिटो साधनद्धारा व्यवस्थापकलाई दिनु पर्नेछ ।